प्रधानमन्त्री ओलीलाई मार्ने अभिव्यक्ति दिएका कांग्रेस सांसदले माफि मागे

समाधान संवाददाता २०७८ जेठ २९ गते १३:०३

समाधान संवाददाता, काठमाडौं

प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले शुक्रबारको बैठकमा आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी मागेका छन् ।

शनिबार प्रदेशसभा बैठक सुरु भए लगत्तै रोस्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताए ।

Advertisement

शनिबार प्रदेशसभा बैठक सुरु भए लगत्तै रोस्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताए ।

लिखित आत्मालोचना गर्दै वैद्यले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महसुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन् । संविधानमा व्यवस्था भए अनुसार आफूले आफ्नो अभिव्यक्ति दिएको र पार्टीको निर्देशन अनुसार आफूले आत्मालोचना गरेको उनको भनाइ छ ।

Advertisement

आफू महात्मा गान्धीलाई मान्ने र शब्दले पनि कसैको मन दुखाउन नचाहेको भन्दै ओली प्रवृत्तिको कारण आक्रोशित भएर उक्त अभिव्यक्ति दिएको र आफ्नो अभिव्यक्ति प्रति आत्मालोचना र माफी माग्दै संसद्को रेकर्डबाट त्यसलाई हटाउन सभामुख समक्ष आग्रह गरे ।

उनले आत्मालोचना गर्दै माफी मागेकाले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।

सांसद् वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा यदि खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है, खाइदिन्छ है’ बैठकमा बोल्दै वैद्यले भनेका छन्, ‘त्यसैले मेरो आग्रह, के भने कोही नाथुराम गोड्से आवश्यक प¥यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि, म बन्ने कि ?’

तपाईको प्रतिक्रिया