बागलुङमा टेक्टरको ठक्करले शिक्षिकाको मृत्यु

समाधान संवाददाता २०७८ जेठ २९ गते १३:१०

रासस, गलकोट

बागलुङ नगरपालिका–६ लहरेपिपलमा टेक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिए।

ग१त ६३०३ नंको टेक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको वडासचिव केसीको भनाइ छ ।

मृतक शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका हुन् । प्रहरीले ट्र्याक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया