गण्डकीमा गठबन्धनकाे तयारीः मनाङेसहित ४ जनाले सपथ लिन सक्ने

समाधान संवाददाता २०७८ जेठ २९ गते १४:२४

समाधाधान संवाददाता, पाेखरा ।

नयाँ सरकार गठन गर्नका लागि प्रदेश प्रमुखकाे निमन्त्रणा कुरेर बसेका विपक्षी गठबन्धनमा सरकारकाे भागबण्डा बारेमा कुरा मिल्न सकेकाे छैन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ अर्थात दीपक मनाङे बन्ने निश्चित भएपनि मन्त्रिमण्डलमा अरु काे काे सहभागी हुने र मन्त्रालयले के के बाड्ने भन्नेमा कुरा मिल्न सकेकाे छैन् ।

Advertisement

दलहरुले सरकारमा काे काे पठाउने भन्ने पनि टुङ्गाे लगाउन सकेका छैनन् । घारी पाटनस्थित हाेटल सांग्रिलामामा सबै ३१ सांसदलाई राखिएकाे छ । दलका नेताहरु पनि त्यही छन् । त्यही छलफल जारी छ ।

दलहरुबीच पनि मन्त्रालयकाे भागबण्डामा कुरा मिलेकाे छैन् । २ सांसद भएकाे जसपाले २ मन्त्रालयमा दावी गरिरहेकाे श्राेतले बतायाे । कांग्रेस र माओवादीमा आकांक्षी धेरै छन् । यही मिलाउन नेताहरु लागिरहनु भएकाे छ–एक सांसदले समाधानसँग भने ।

Advertisement

सामान्यतया दलहरुबी आज ४ जनाले सपथ लिने सहमति भएकाे छ । नेपाली कांग्रेसबाट मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीले सपथ लिनेछन् भने माओवादी केन्द्र र जसपाबाट १–१ जनालाई सपथ खुवाउने तयारी छ ।

श्राेतका अनुसार माओवादी केन्द्र र जसपाले सपथ खुवाउने व्यक्तिकाे टुङ्गाे लगाउन नसकेमा आज स्वतन्त्र सांसद दीपक मनाङे र मुख्यमन्त्रीले मात्र सपथ लिने छन् ।

तपाईको प्रतिक्रिया