प्रदेश प्रमुखको गेटमा ३१ सांसदको धर्ना

समाधान संवाददाता २०७८ जेठ २९ गते १६:५१

समाधान संवाददाता, पोखरा

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्न दबाब दिँदै गण्डकी प्रदेशका ३१ सांसद प्रदेश प्रमुखको गेटमा धर्ना बसेका छन् । पोखरेलले हिजो मुख्यमन्त्री दाबी गर्दै आफूलाई प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको पत्र प्रमुखकहाँ दर्ता गराएका थिए ।

प्रदेश प्रमुख सीता पौडेलले शनिबार ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गरेकी थिइन् । तर उक्त समयसीमा भित्र पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका हुन् ।

तपाईको प्रतिक्रिया