को हुन् गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल ?

समाधान संवाददाता २०७८ जेठ २९ गते १७:४५

समाधान संवाददाता, पोखरा

७१ वर्षीय कृष्णचन्द्र नोपली पोखरेल पञ्चायतकालदेखि सक्रिय राजनीतिमा छन् । २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुन् । उनी २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेके ।

आन्दोलनमा उनी ५–६ पटक जेल पनि परे । भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

Advertisement

नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा माओवादीका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए । २०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया