योगेश भट्टराई भन्छन्ः नेताहरुको अहंकार र शक्तिको टक्करमा पृथ्वीसुब्बा पिल्सिए

समाधान संवाददाता २०७८ जेठ २९ गते २१:२६

समाधान संवाददाता, पोखरा

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबमा पृथ्वीसुब्बा गुरुङ पिल्सिएको बताएका छन् । गण्डकीमा गुरुङ सरकार ढलेर कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेताहरुको अहंकार र शक्तिको टकरबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ? सबै प्रदेशमा दलका काम कार्वाहीको पुनस् संरचना गर्न ढिला नगरौ ।

Advertisement

तपाईको प्रतिक्रिया