टयाक्टरको ठक्करले शिक्षिकाको मृत्यु

समाधान संवाददाता २०७८ जेठ ३० गते ७:२८

रासस, गलकोट

बागलुङ नगरपालिका–६ लहरेपीपलमा टयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले जानकारी दिए ।

Advertisement

ग१त ६३०३ नंको टेक्टर सिकाउने क्रममा शिक्षिका शर्मालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको वडासचिव केसीको भनाइ छ ।

मृतक शर्मा सोही गाउँको काफलठुटा आधारभूत विद्यालयकी शिक्षिका हुन् । प्रहरीले टयाक्टर चालक सुरेश नेपाली र सहचालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया