गण्डकीका मुख्य न्यायाधिवक्ता घिमिरेको राजीनामा

समाधान संवाददाता २०७८ जेठ ३० गते १०:१५

समाधान संवादादता, पोखरा


गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरेले राजीनामा गरेका छन् । पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीबाट पदमुक्त भएसँगै घिमिरेले राजीनामा गरेका हुन् । गुरुङको ठाउँमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल शनिबार मुख्यमन्त्री नियुक्त भएका छन् । घिमिरेले त्यसको भोलिपल्टै आइतबार राजनीनामा गरेका हुन् ।


२०७४ फागुन ४ गते मुख्यमन्त्री भएका गुरुङले घिमिरेलाई सोही महिनाको २१ गते मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । घिमिरेको सपथ चैत ८ गते भएको थियो ।

Advertisement

मुख्यमन्त्रीको कानुनी सल्लाहकारको भूमिका हुने न्यायाधिवक्ताको जिम्मेवारीमा रहँदा घिमिरेले सरकारलाई कानुन निर्माणका धेरै विषयमा महत्वपूर्ण योगदानसमेत गरेका थिए । लमजुङको दोर्दी गाउँपालिका श्रीमन्ज्याङ गाउँका बासिन्दा घिमिरेले अस्ट्रेलियाबाट विद्यावारिधि गरेका छन् ।


राजीनामा दिँदै घिमिरेले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अन्जानमा कुनै कमकमजोरी वा त्रुटि भएको भए क्षमा याचना गर्दछु भनेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया