पोखरेल सरकारले भोलि नीति कार्यक्रम प्रस्तुत गर्ने

समाधान संवाददाता २०७८ जेठ ३० गते १९:३४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । मन्त्री हरिशरण आचार्यका अनुसार भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरी तयारी गरिएको छ ।

नीति तथा कार्यक्रम कसरी ल्याउने भन्नेबारे आज मुख्यमन्त्री पोखरेलले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग पनि छलफल गरेका थिए । अहिले मुख्यमन्त्री पोखरेलले नीति कार्यक्रमबारे आन्तरिक छलफल गरिरहेका छन् ।

Advertisement

यसअघि नै गुरुङ सरकराले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया