बौंदीकालीलाई चीनबाट कोभिड १९ रोकथाम सामग्री

समाधान संवाददाता २०७८ जेठ ३० गते २०:०१

समाधान संवाददाता, पोखरा

चिनियाँ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चाइना फाउन्डेशन फर पोभर्टी एलिभेसनले कोभिड १९ रोकथामका लागि बौंदीकालीगाउँ पालिकालाई अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

चीनबाट आइतबार प्राप्तसहयोगमा अक्सिजन सिलिन्डर, पिपिइ, मास्क, फेससिल सहितकाकरिब दुई लाख असी हजार रुपैयाँ बराबरको सामाग्री भएको बौंदीकाली गाउँ पालिकाका अध्यक्षदुर्गाबहादुर रानाले बताए।

हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रानाले अक्सिजिन सिलिन्डर सहितका स्वास्थ्य सामाग्री खरिद गर्नप्रयास गर्दा पनि सफल नभएका बेला चाइना फाउन्डेशनले सहयोग गरेकामा धन्यवाद दिए।

चाइना फाउन्डेशनका प्रतिनिधि विनोद ओझाले नेपाललाई अप्ठेरो परेका बेला चिनियाँ नागरिक र सरकारका तर्फबाट देशका विभिन्न भागमा आफ्नो संस्था मार्फत स्वास्थ्य सामाग्रीवितरण भइरहेको जानकारी दिए।

Advertisement

गाउँ पालिकालाई प्राप्तसहयोग अध्यक्ष रानाले रकुवा प्राथिमक स्वास्थ्य केन्द्रलाई प्रदान गरे।
स्वास्थ्य केन्द्रले अक्सिजन सुविधासहितको कोभिड १९ आइसोलेसन सेन्टर संचालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया