काेपा अमेरिका कपमा ब्राजिलकाे विजयी सुरुवात

समाधान संवाददाता २०७८ जेठ ३१ गते ७:४९

एजेन्सी ।

साविककाे विजेता ब्राजिलले कोपा अमेरिका फुटबलमा प्रतियाेगितामा शानदार जितसहित आफ्नो यात्रा सुरु गरेको छ ।

समूह बी अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले पराजित गरेको हो ।

Advertisement

खेलको एक दिन पहिले टिमका १२ खेलाडी तथा प्रशिक्षण अधिकारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि समस्यामा आएको भेनेजुएला कमजोर देखियो ।

घरेलु टोली ब्राजिलको जितमा २३ औँ मिनेटमा मार्क्वीन्होसले गोल गरि सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गरि टिमको अग्रता दोब्बर पारे । ८९ औँ मिनेटमा नेइमारको सहयोगमा गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।

Advertisement

साबिक विजेता ब्राजिलले उपाधि रक्षाको यात्रा सहज जितका साथ गरेको हो । नौपटक कोपा अमेरिका जितेको ब्राजिलले १२ वर्षपछि सन् २०१९ मा उपाधि जितेको थियो ।

समूह बी मा कोलम्बिया, इक्वेडर र पेरु पनि छन् ।

तपाईको प्रतिक्रिया