सांसदले इन्स्पेक्टर थर्काएपछि

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टरबीच भनाभन भएको एउटा भिडिओ आइतबार सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यसपछि यसको वास्तविकता के हो भन्ने धेरैलाई जिज्ञासा उत्पन्न भएको छ ।
भएको के रहेछ भने आफ्ना कार्यकर्ता प्रदेश प्रमुख निवासतिर आउन नपाएकोमा सांसद श्रेष्ठ आक्रोशित बनेका रहेछन् । गण्डकी प्रदेशको मुख्यमन्त्रीका नियुक्ति दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद प्रदेश प्रमुखको निवास गेटैमा धनामा थिए ।
धर्नामै बसिरहेका कांग्रेस सांसद मेखलाल श्रेष्ठलाई फोन आयो । उनी हतारिँदै उठे । सरासर मूलबाटोको नजिकै प्रहरी भएतिर पुगे । कल्ले हो अर्डर दिएको भन्दै ती कार्यकर्तालाई निवासअघि ल्याउन खोजे । त्यसबीचमै सांसद र प्रहरीबीच सामान्य धकेलाधकेलसमेत भयो ।
प्रहरीले हात जोडेर नमस्ते भन्दै मिल्दैन मिल्दैन, माननीयज्यूलाई मात्रै हो भनेको भिडिओमा देखिन्छ । सांसद श्रेष्ठ भने ‘के नमस्ते ?’ भन्दै जर्किएका छन् । किन मिल्दैन ? उनले प्रहरीलाई प्रति प्रश्न गरेका छन् । कार्यकर्ता पनि सल्लाहमै आएको भन्दै थिए । सांसद श्रेष्ठ भने मलाई अपरहण गर्ने ? के हो यो भन्दै प्रहरीसँग बाझे ।
सांसद श्रेष्ठ त्यतिमै रोकिएनन् । प्रहरीलाई हर्कान थाले । उनले भने, ‘फोटो खिचम् त यति तानाशाह भनेर ।’ एकैछिन रोकिएर उनी फेरि प्रहरीतिर फर्कंदै झर्किए, ‘तपाईंको हिसाबकिताब हुन्छ के ।’
सांसदले चोरी औंला ठड्याउँदै धम्क्याएपछि प्रहरी इन्स्पेक्टरले जवाफ फर्काएको पत्रकार ईश्वर देवकोटाले फेसबुकमा पोस्ट गरेको भिडिओमा देखिन्छ । उनले भने, ‘हुन्छ, हुन्छ, श्याम थापामगर, बैदाममा कार्यरत छु ।’ त्यसपछि सांसद श्रेष्ठ ल ठिक छ भन्दै फर्किंदा फर्किंदै फेरि प्रहरीलाई थर्काए । श्रेष्ठले भने, ‘पूmर्ति नछाँटम् ।’
इन्स्पेक्टरले फूर्ति नछाँटेको भन्दै उत्तर फर्काए । ‘फूर्ति छाँट्या हैन, तपाईंले हिसाबकिताब भन्नुभयो नि’ भन्दै इन्स्पेक्टर तर्किए, ‘नाम श्याम थापामगर हो, यहीं बैदाममा ।’
हो, श्याम थापामगर वडा प्रहरी कार्यालय वैदाममा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) हुन् । प्रदेश प्रमुख निवासमा विपक्षी दलका सांसदहरुको धर्ना हुँदा सुरक्षार्थ उनी पनि खटिएका थिए । थापाले समाधानसँग आइतबार संक्षिप्त प्रतिक्रिया जनाए, ‘त्यस्तो केही इस्सु छैन, इस्सु सक्किसक्यो ।’ आफूले आफ्नो ड्युटीमात्रै गरेको उनले बताए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया