‘बजेटमा खोपलाई प्राथमिकता दिनुहोस्’

पोखरा, ३० जेठ
नेपाली कांग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेटघाट गरेका छन् ।
कास्की कांग्रेसका सभापति कृष्ण केसी नेतृत्वको गएको टोलीले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरी केही सुझाव समेत दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
कास्की कांग्रेसका सभापति केसीले कोरोना महामारीका कारण जनता समस्यामा रहेकाले जनताका लागि अत्यावश्यक कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिन आग्रह गरे । ‘यतिबेला कोभिड विरुद्वको खोप पहिलो प्राथमिकता हो,’ उनले भने, ‘गण्डकी प्रदेशका नागरिकलाई खोप दिन सक्ने गरी बजेट व्यवस्था गर्न आवश्यक छ ।’
सभापति केसीले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदर लगायतका क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन पनि अनुरोध गरे ।
सभापति केसीसहित उपसभापति आइ बहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रंगीला आचार्य, प्रवक्ता नवीन सिग्देल, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’ र क्षेत्र नं ३ का सभापति पोषनाथ शर्माको टोली पुगेर मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरेको थियो ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया