मुस्ताङमा निषेधाज्ञा खुकुलो ,विद्यार्थी भर्ना र पसल खुल्ने समय बढाईयो

समाधान संवाददाता २०७८ जेठ ३१ गते १०:४०

सुन्दरकुमार थकाली \जोमसोम—

हिमाली जिल्ला मुस्ताङमा कोरोनाको दोश्रो लहरसंगै जारी गरिएको निषेधाज्ञा सोमबार देखि आशिंक खुकुलो भएको छ ।प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा मंगलबार बसेको डीसिसीएमसीको बैठकले पाचौ पटक थपिएको निषेधाआज्ञालाई आशिंक खुकुलो पारिदै विद्यालयको परीक्षा र भर्ना तथा अतिवाश्यकीय पसल र व्यवसाय खोल्ने समय तालिकालाई वृद्धि गरिएको छ ।
डीसिसीएससीको बैठक कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा जिल्लाका शैक्षिक संस्थामा हुने बार्षिक परीक्षा तथा विद्यालयको नयांँ शैक्षिक सत्रको भर्ना अभियानलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्वाध संञ्चालन गर्न पाउने अनुमती दिएको छ ।

समितिले यसअघि अतिआवश्यकीय खाद्य सामाग्री, तरकारी र फलफुल सम्वन्धि पसल तथा व्यवसाय दैनिक बिहान ७ बजेबाट ९ बजेसम्म खोल्न पाउने अनुमती दिईएकोमा ५ औं पटक थपिएको निषेधाज्ञामा त्यसलाई परिमार्जन गर्दै अब दैनिक बिहान ६ बजेबाट १० बजेसम्म र साँझ ४ बजे देखि ७ बजेसम्म पसल खोल्न पाईने जनाईएको छ । यस्तै , मुस्ताङमा खेतीपाती थन्क्याउने समय भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कृषकलाई कृषि सम्वन्धि गतिबिधि संञ्चालन गर्न रोकतोक नहुने निर्णय गरेको छ ।
चालु आर्थिक वर्ष अन्तर्गत संघ÷प्रदेश र स्थानीय तहका विकास योजनाको अनुगमन,नापजाच र भुक्तानी सम्वन्धिकार्य गर्नमा कुनै रोकतोक नहुने जनाईएको छ ।तर समितिले बैंक तथा बित्तिय संस्थाहरुमा हुने आर्थिक कारोबारको समयमा कुनै परिवर्तन गरिएको छैन । मुस्ताङमा बैंक तथा बित्तिय संस्था खोल्न पाउन समय साविक बमोजिम बिहान ७ बजेबाट १० बजेसम्म निर्धारण गरिएको छ ।

Advertisement

जिल्लामा संञ्चालन भईरहेका विकास योजनाको यथोचित व्यवस्थापन र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गर्न पाईने नियमलाई यथावस्थामा राखिएको छ भने स्वास्थ्य प्रयोजन ,विकास कन्ट्रक्सन ,बैंक तथा बित्तिय कर्मचारी र संचारकर्मीलाई परिचयपत्रका आधारमा जिल्ला भित्र आवत—जावत गर्न सक्नेछन् । जिल्लाका सरकारी तथा गैरसरकारी संघसंस्थाहरु कोभिड स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सेवा संञ्चालन गर्नसक्ने जनाईएको छ ।
कोरोना भाईरसको जोखिम कायममै रहेको भन्दै समितिले धार्मिक स्थल ,पर्यटकीय स्थल साविक निषेधाज्ञा झै बन्द गरिएको छ भने बिवाह ब्रतबन्ध लगायतका कार्यमा दुबै पक्षबाट १४ जना भन्दा बढी सहभागी हुन पाउने छैनन् ।

सार्वजनिक तथा निजी सवारी साधन चल्न नपाईने तर निर्माण सामाग्री तथा अतिआवश्यक बस्तु बोक्ने सवारी साधनलाई जिल्ला प्रवेशमा रोक नलगाईने यसअघिकै नियम कायम गरिएको छ ।जिल्ला प्रशासन कार्यालय अन्तर्गत जिल्ला सिसीएसमी बैठकले मुस्ताङमा समुदाय स्तरमा कोरोना संक्रमण बढेसंगै गत बैशाख ३१ गतेबाट निषेधाज्ञा जारी गरेको थियो ।

Advertisement

समितिको बैठकले भौगोलिक रुपले विकट हिमाली जिल्ला मुस्ताङमा मनसुन सुरु भएसंगै यातायातका असहजता ,जिल्लामा आईसियु र भेन्टिलेटरको सुविधा नभएको र जिल्लामा पर्याप्त स्वास्थ्य जनशक्तिको अभाव भएको उल्लेख गर्दै ३१ बैशाख देखी जेठ ३१ गतेसम्म निषेधाज्ञा कायम गरेकोमा त्यसलाई एकसाता बढाएर असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको जनाएको छ ।

तपाईको प्रतिक्रिया