गण्डकीमा विज्ञान सम्मेलन आयोजना गरिने

समाधान संवाददाता २०७८ जेठ ३१ गते १६:१६

समाधान संवाददाता, पोखरा

गण्डकीका युवायुवतीलाई विज्ञानसँग जोड्न विज्ञान सम्मेलन आयोजना गरिने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशमा विज्ञान सम्मेलन आयोजना गरिने बताएकी छन् ।

प्रदेशमा खेलकुद विकासका लागि एक पालिका एक खेल मैदान कार्यक्रमले निरन्तरता पाउने जनाइएको छ । खेलकुद विकासका लागि विपि खेल ग्राम गैंडाकोटमा निर्माण गर्ने नीति लिइएको पौडेलले बताइन् ।

Advertisement

जग्गा चक्लाबन्दी कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । म्याग्दी, तनहुँका गुठी जग्गामा रहेका समस्या समाधान गरिने प्रदेश सरकारको योजना छ ।

Advertisement

तपाईको प्रतिक्रिया