मुस्ताङका ५ वटै स्थानीय तहमा कोरोना बिरुद्ध खोप

समाधान संवाददाता २०७८ जेठ ३१ गते १६:५४

सुन्दरकुमार थकाली \जोमसोम

हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहले सोमबार देखि कोभिड—१९ बिरुद्धको खोप अभियान सुरु गरेका छन् । कोभिड —१९ बिरुद्धको पहिलो डोज खोप लगाई दोश्रो डोज खोपको ब्यग्र पखाईमा बसेका जिल्लाका करिव १ हजार २ सय ५९ जना व्यक्तिलाई दोश्रो चरणको खोप लगाउने तयारी गरिएको हो।
स्थानीय तहले सम्वन्धि वडाहरुको स्वास्थ्य शाखा तथा स्वास्थ्य ईकाई र जिल्ला अस्पतालमा खोप अभियान सुरु गर्ने तयारी गरेको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहराले जानकारी दिए । उनका अनुसार सोमबार लोमन्थाङले लोमान्थाङ स्वास्थ्य चौकी ,लोघेकर दामोदरकुण्डले चराङ स्वास्थ्य चौकी ,वारागुङ मुक्तिक्षेत्रले छुसाङ स्वास्थ्य चौकी र घरपझोङले चिमाङ आधारभुत स्वास्थ्य केन्द्रमा कोरोना बिरुद्धको दोश्रो डोज खोप लगाउने शिविर सुरु गरेको छन् । सम्वन्धित स्थानीय तहले क्रमश वडास्तरीय स्वास्थ्य चौकी र ईकाईहरुमा खोप लगाउने क्रमलाई निरन्तरता दिदै जाने स्वास्थ्य संयोजक बोहराले उल्लेख गरे ।
मुस्ताङका स्थानीय तहले गत चैत्र महिनामा जिल्लाका ५५ वर्ष भन्दा माथि उमेरका व्यक्तिले कोभिड—१९ बिरुद्धको पहिलो डोज लगाई सकेको र यसपटक उनीहरुलाई दोश्रो डोज खोपको मात्रा पुरा गराउन सम्वन्धित स्थानीय तहमा खोपको पहुच पु¥याईएको लोघेकर दामोदरकुण्डकी गापाकी स्वास्थ्य संयोजक सन्जु गुरुङले बताईन् ।उनका अनुसार ५५ वर्ष माथिका उपल्लो मुस्ताङको लोमान्थाङमा २ सय ८६ जना ,लोघेकर दामोदरकुण्डमा २ सय ५७ जना ,वारागुङ मुक्तिक्षेत्रमा २ सय ५० जना ,घरपझोङमा १ सय १९ जना र थासाङ गाउँपालिकामा ३ सय ८३ जना व्यक्तिलाई कोभिड—१९ बिरुद्धको दोश्रो डोज खोप उपलब्ध गराईने जानकारी दिईन् ।
मुस्ताङको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड ,वारागुङ र घरपझोङ गाउपालिकामा एकैसाथ वडास्तरीय रुपमा कोरोना बिरुद्धको कोभिशिल्ड खोप अभियान संञ्चालन गरेको जनाएका छन् । तर, थासाङ गाउपालिकाले भने असार १ गते देखि वडास्तरीय रुपमा कोभिड—१९ बिरुद्धको डोज खोप लगाउने कार्यक्रम रहेको छ ।
मुस्ताङका स्थानीय तहले कोरोना बिरुद्धको पहिलो डोज कोभिशिल्ड खोप लगाउन छुटेका व्यक्तिहरुलाई यसपटक डब्लुएचओले स्वीकृत गरेको चिनबाट आयातित भेरो सेल खोप लगाउने तयारी गरेको थासाङका स्वास्थ्य संयोजक सिताराम कार्कीले जानकारी दिए । यसका लागि स्थानीय तहहरुले भेरो सेल खोप लगाउने व्यक्तिको तथ्याङ्क संकलन गर्ने काम सुरु गरेको उनले बताए ।
यसअघि सरकारको नीति अनुसार जिल्लाका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी ,जनप्रतिनिधि र संञ्चारकर्मीलाई मात्र कोरोना बिरुद्धको पहिलो र दोश्रो डोज खोप लगाईएको थियो । भौगोलिक रुपले बिकट हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहका व्यक्तिहरु जिल्ला अस्पतालमा पुगेर खोप लगाउनु पर्ने बाध्यतालाई स्थानीय तहले घरदैलोमै खोपको पहुँच पु¥याएको लोमान्थाङका स्वास्थ्य संयोजक तेन्जिङ नर्वु गुरुङले जानकारी दिए । विकट स्थानबाट दिनै फालेर मुकाम आउनु पर्ने,समयको बर्वादी र खर्च समेत बढी लाग्ने भएकाले स्थानीयलाई गाउँमै खोपको पहुँचमा जोडिएको उनले स्पष्ट पारे । स्थानीय तहको घरदैलोमै स्वास्थ्यकर्मी पुगेर खोप लगाउदा स्थानीय उत्साहित भएको उनले खुलाए ।
कोरोना बिरुद्धको दोश्रो कोभिशिल्ड खोप अभियानसंगै कुल जनसंख्याको १० प्रतिशतले मात्रै कोभिशिल्ड खोप प्राप्त गरेका छन् । मुस्ताङका ५५ वर्ष भन्दा कम उमेर र लक्षित समुहबाहेक पर्यटन व्यवसायी,उद्योगी ,यातायात व्यवसायी र स्थानीय सरोकारवाला व्यक्तिले अझै खोप पाउन सकेका छैनन् ।
यस्तै ,सरकार लक्षित निकायलाई कोभिड—१९ बिरुद्धको खोप अभियान सुरु गरेपनि जिल्लाका शैक्षिक संस्थामा लागेका पेशागत शिक्षकहरु भने रुष्ट बनेका छन् । उनीहरुले बिद्यालय जस्तो शैक्षिक संस्था संञ्चालनका लागि योगदान दिन शिक्षकहरुलाई खोपबाट बञ्चित गरिनु न्यायोचित नभएको बताएका छन् । सरकारले पेशागत शिक्षकहरुलाई खोपको मात्रा पुरा गरेर मात्र विद्यालय संञ्चालनको निती लिनु पर्ने माग राखेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया