गण्डकीमा ३४३ संक्रमित थपिए, १२ को मृत्यु

समाधान संवाददाता २०७८ जेठ ३१ गते १७:४५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ११७३ जनाको परीक्षण गर्दा ३४३ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।

थपिनेमा सबैभन्दा बढी बागलुङका १२० जना छन् । यस्तै कास्कीका ५८, नवलपुरका ५१ जना, पर्वतका ३८ जनामा कोरोना देखिएको छ । बागलुङमा ३५, गोरखामा ३०, म्याग्दी र तनहुँमा ५÷५ र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

Advertisement

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५० हजार ६४७ पुगेको छ । तीमध्ये ५३३६ जना सक्रिय संक्रमित छन् ।

प्रदेशमा थप १२ जना संक्रमितको मृत्यु भएको छ । नवलपुरका ३, मुस्ताङ, पर्वत र लमजुङका २÷२ संक्रमितको ज्यान गएको छ । म्याग्दी, कास्की र तनहुँका १÷१ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८५० पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया