सुदुरपश्चिममा ओली पक्षीय ७ सांसद निलम्बित

समाधान संवाददाता २०७८ जेठ ३१ गते २०:१७

समाधान संवाददाता, पाेखरा ।

सुदुरपश्चिम प्रदेसभाका ७ जना एमाले सांसदलाई एमाले संसदीय दलले निलम्बन गरेकाे छ ।

माधव नेपाल पक्षीय संसदीय दलले ओली पक्षीय सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेकाे हाे ।

Advertisement

सुदुरपश्चिम प्रदेश सभामा एमालेका २५ सांसद मध्ये नेपाल पक्षमा १८ र ओली पक्षमा ७ सांसद छन् । नेकपा एमालेकाे केन्द्रकाे निर्णय र निर्देशन विपरित नेपाल पक्ष बहुमत भएकाे संसदीय दलले मुख्यमन्त्री त्रिलाेचन भट्टलाई विश्वासकाे मत दिएकाे थियाे ।

पार्टी केन्द्रले विश्वासकाे मतकाे विपक्षमा मतदान गर्न भने पनि त्याे निर्देशनकाे अवज्ञा गर्दै संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेकाे थियाे । र विश्वासकाे मतकाे पक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे थियाे ।

Advertisement

तर ओली पक्षीय ७ सांसदले अविश्वासकाे पक्षमा मतदान गरेका थिए । दलकाे ह्वीप उल्लङ्घन गरेकाे भन्दै उनीहरुलाई कारवाही गर्ने निर्णय संसदीय दलले गरेकाे हाे ।

तपाईको प्रतिक्रिया