राम्राे खेल्दा खेल्दै स्पेन जितविहिन

समाधान संवाददाता २०७८ असार १ गते ७:५८

एजेन्सी, युराेप ।

उपाधिकाे प्रमुख दाबेदारका मध्येकाे एक स्पेनले युरोकप फुटबल प्रतियाेगिताकाे पहिलाे खेलमा जितविहिन भएकाे छ ।

समूह ई मा रहेको स्पेनले सोमबार राति भएको खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको हो। सेभिल्लामा भएको खेलमा स्पेनले खेलको अधिकांश समय बलमा नियन्त्रण कायम गरे पनि गोल भने गर्न सकेन ।

Advertisement

राम्रा मौकाहरुको फाइदा पनि उनीहरुले लिन सकेनन्। अल्भारो मोराटाले गोल गर्ने राम्रो अवसर बनाएका थिए, तर उनको प्रहार पोस्ट भन्दा निकै बाहिर गयो ।

यस्तै ड्यानी ओल्मोले नजिकबाट गरेको हेडर स्वीडिस गोलरक्षकले रोके । कोकेले गरेको गोल गर्ने प्रयास पनि सफल भएन ।

Advertisement

समूह ई कै अर्को खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ ले पराजित गरेको छ। स्लोभाकियाले एक गोल उपहारमा पायो भने अर्को एक गोल आफै गरेको हो । पोल्याण्डले एक गोल फर्कायो । उसका एक खेलाडी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।

तपाईको प्रतिक्रिया