गण्डकीकाे बजेटः बनाउने कुमार खड्का, पढ्ने मुख्यमन्त्री

समाधान संवाददाता २०७८ असार १ गते १३:४५

समाधान संवाददाता, पाेखरा ।

तीन दिनअघि मात्र मुख्यमन्त्रीकाे सपथ ग्रहण गरेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेलले आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन् ।

गण्डकी प्रदेश सभामा दिउसाे ४ बजे बजेट पेश गर्ने कार्यक्रम छ । मुख्यमन्त्री नियुक्त भएलगत्तै राम्राेसँग शुभकामना तथा बधाई ग्रहण गर्न समेत नभ्याएका पाेखरेललाई कामकाे चटाराे छ ।

Advertisement

साेमबार अर्थात हिजाे नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने भएकाले उनी र उनकाे टिम नीति तथा कार्यक्रम बनाउन व्यस्त भयाे । यद्यपी सदनमा प्रस्तुत गरिएकाे नीति तथा कार्यक्रममा यसअघिकाे सरकारले तयार पारेकाे थियाे । त्यसमा केही परिवर्तन गरेर बाँचन गरिएकाे एमाले सांसदहरुले बताएका छन् ।

सदनमा बजेट अर्थमन्त्रीले प्रस्तुत गर्ने चलन छ । मुख्यमन्त्री पाेखरेलले आफुसँगै ४ जना मन्त्री नियुक्त गरेपनि मन्त्रालयकाे जिम्मेवारी कसैलाई पनि दिएका छैनन् । सबै मन्त्रालय मुख्यमन्त्रीसँगै रहेकाले आजकाे बजेट भाषण पनि उनैले प्रस्तुत गर्दैछन् ।

Advertisement

सरकार बनाउने गठबन्धनभित्र मन्त्रालय बाँडफाडमा कुरा नमिलेपछि मन्त्रीहरु मन्त्रालयविहिन छन् । त्यसैले उनीहरुले पदवहाली समेत गर्न पाएका छैनन् ।

कांग्रेसभित्र पनि झगडा नभएकाे भए मुख्यमन्त्रीले मन्त्री कुमार खड्कालाई अर्थमन्त्रालयकाे जिम्मेवारी दिएर बजेटकाे तयारी गर्न लगाउने थिए । तर पार्टी भित्रै कुरा नमिलेपछि कुमार खड्काले त्याे जिम्मेवारी पाएका छैनन् ।

मुख्यमन्त्री निकट श्राेतका अनुसार खड्काले मन्त्रालयकाे जिम्मेवारी नपाएपनि बजेट बनाउन उनै खटिएका छन् । यद्यपी बजेट पनि अघिल्लाे सरकारले नै करिब करिब तयार पारिसकेकाले त्यसैका वरिपरी रहेर केही नारा तथा कार्यक्रम समेटेर तयार पारिएकाे छ, जुन अहिले ४ बजे प्रस्तुत हुँदैछ ।

तपाईको प्रतिक्रिया