मनाङकाे चामेमा बाढीले ६ घर बगायो
समाधान संवाददाता
२०७८ असार १ गते १४:२९

समाधान संवाददाता, पोखरा
मनाङ सदरमुकाम चामेका ६ घर बाढीले बगाएको छ । घट्टेखोला र च्यट्टु खोलामा आएको बाढीमा परि ६ घर बगाएको मनाङ प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।
अन्य घरहरुमा पनि क्षति पुगेको जनाइएको छ । लगातार झरी परिरहेकाले बाढीले थप क्षति गर्न सक्ने खड्काले बताए ।
फाइल तस्बिर
सम्बन्धित
तपाईको प्रतिक्रिया