गण्डकी सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित

समाधान संवाददाता २०७८ असार १ गते १४:३०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशसभाले आउँदो आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख नेत्रनाथ अधिकारीले नीति तथा कार्यक्रम मंगलबार बहुमतबाट पारित भएको घोषणा गरे ।


प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रदेश सभा बैठकमा पेस गरेकी थिइन् । त्यसमाथि छलफलसमेत गरी मंगलबार पारित गरिएको हो । नेपाली कांग्रेस नेतृत्वमा गठित सरकारलाई प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन छ । उनीहरुको उपस्थितिमा नीति तथा कार्यक्रम पारित भएको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट मंगलबार नै चार बजे संसदमा प्रस्तुत गर्ने भएको छ । प्रदेशमा अर्थमन्त्री छैनन् । तसर्थ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै बजेट प्रस्तुत गर्नेछन् ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया