मुस्ताङमा बाढी—पहिरो बितण्डा ः बेनी—जोमसोम सडक अवरुद्ध ,लुप्रा बस्ती जोखिममा

समाधान संवाददाता २०७८ असार १ गते १५:२४

सुन्दरकुमार थकाली \ जोमसोम—

मनसुन सुरु भएसंगै अबिरल वर्षाका कारण उत्तरी कोरलाानाका जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडक मंगलबार बिहानदेखि अवरुद्ध भएको छ ।अविरल वर्षाका कारण आएको बाढी—पहिरो र नदी कटानले बेनी—जोमसोम सडकको आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण सोमबार रातिको बाढीले बेनी—जोमसोम सडकको मुस्ताङ खण्डको घरपझोङ—२ मार्फा खोलाको बाहव उच्च हुँदा त्यहाको सडक संरचना पुर्ण रुपमा क्षति पुगेको छ भने त्यहाँ राखिएको पैदलयात्री र मोटरसाईकल आवतजावत गर्ने अस्थायी पुल समेत बगाएको छ । बेनी—जोमसोम सडकको मुस्ताङ खण्डमा पर्ने थासाङ गाउँपालिका—४ कैकु खोला , लेते खोला र मिसी खोला लगायतमा गएरातिको बाढीले सडक घ्वस्त भएको छ ।यस्तै बेनी—जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको काभ्रेभीर सडकमा वर्षाका कारण पहिरो जाँदा अन्दाजी २० मिटर सडक भासिन पुगेको छ ।

बाढी—पहिरोले बेनी—जोमसोम सडक अवरुद्ध भएपछि बेनी—जोमसोम सडकको सिधा यातायात सम्पर्क बिच्छेद बनेको छ । सडक अवरुद्ध भएसंगै म्याग्दीबाट मुस्ताङ र मुस्ताङबाट म्याग्दी तर्फ जाने मालवाहक सवारी साधन गन्तब्यमा पुग्न नसकीबीच बाटोमै अलपत्र परेका छन् ।मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले अविरल वर्षाका कारण आएको बाढी—पहिरोले बेनी—जोमसोम सडकखण्डको दर्जनौ स्थानमा सडक अवरुद्ध बनेको जानकारी दिईन् ।“ गएरातिको अविरल वर्षाले मुस्ताङको मार्फा,लेते ,घासा र म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीर लगायतमा सडक बगाउने ,पुरिने र भाँसिने आदी भएको छ ,वर्षा अझै रोकिएको छैन ,प्रजिअ पौडेलले भनीन्,“ मौसममा सुधार भएछि सुचारु गर्ने तर्फ लाग्छौं ,सडक सफा गर्ने उपकरण हामीले तैयारी अवस्थामा राखेका छौं ।’
कमजोर भौगोलिक भूबनोट रहेको मुस्ताङको लेतेदेखि तल म्याग्दीतर्फको सडकमा बर्सेनी अबिरल वर्षाले सडक अवरुद्ध हुने गर्छ ।बाढी —पहिरोले मुस्ताङको थासाङ ३ र ४ मा पर्ने मुख्य सडकमा माथिबाट आएको बाढी —पहिरो र नदी कटानले दर्जनौ रुख विरुवाहरुमा क्षति पुगेको छ । अविरल वर्षाका कारण मुस्ताङका अन्य शाखा नदीको बाहव समेत उच्च भएको छ भने कालिगण्डक नदीको सतह समेत डरलाग्दो बनेको छ ।
यस्तै ,मुस्ताङको घरपझोङ—४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र—१ को बीचमा पर्ने लुप्रा—पान्डाखोला सोमबार दिउँसो १ घण्टा खोला थुनिएको थियो । खोला थुनिएसंगै आएको उर्लदो बाढीले लुप्रा बस्ती उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताईन् ।“हिमताल फुटेर हो वा वर्षाले हो एकिन भएन ,लुप्रा—पान्डा खोलानै थुनियो ,उनले भनीन् ,लुप्रा खोलामा अकस्मात लेदो पदार्थसहित आएको बाढीले स्थानीय पाल्देन गुरुङ र टसी गुरुङको घर ,गोठ र शौचालय आदीमा बाढी पसी क्षति भयो ,उद्दारका लागि सुरक्षाकर्मी खटाएका थियौं ।’
बाढीले स्थानीयको खेत समेत बगाएको छ भने बस्ती संरक्षणका लागि गत वर्ष लगाईएको तटबन्ध समेत बाढीले पुरिदिएको उनले जानकारी दिईन् ।बाढीग्रस्तक्षेत्र लुप्रामा १५ घरधुरी मध्ये ५ घरधुरी अहिले उच्च जोखिममा रहेकाले अन्यत्र स्थान्तरण गरिएको छ । बर्सेनि बर्खायाममा लुप्रा खोलामा बाढी आउँदा त्यहाँका रहेको बस्ती जोखिममा पर्ने गर्छन । बस्ती संरक्षणका लागि संघ तथा प्रदेश सरकारले बस्ती संरक्षण तटबन्ध दिगो नहुदा लुप्रा बासीले बर्खायाममा जोखिम मोलर बस्नु पर्ने बाध्यता छ ।

Advertisement

लुप्राका स्थानीयले लुप्रा बस्तीलाई उचित स्थानमा स्थान्तरण गर्नु पर्ने माग समेत राखेका छन् । उक्त मुस्ताङको सदयौं पुरानो बस्ती हो । अन्नपूर्ण पदमार्ग हुँदै जोमसोम आउने विदेशी पर्यटक मुक्तिनाथबाट लुप्रा हुँदै जोमसोम आईपुग्ने गर्छन् ।

Advertisement

तपाईको प्रतिक्रिया