कोरोनाबाट मृतकको परिवारलाई ५० हजार, सन्तानलाई ५ हजार भत्ता

समाधान संवाददाता २०७८ असार १ गते १६:३०

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले कोरोना संक्रमण भएर मृत्यु भएका अभिभावकका सन्तानलाई ५ हजार रुपैयाँ मासिक भत्ता उपलब्ध गराउने घोषणा पनि गरे ।

Advertisement

अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ८ सय हाराहारी जनाले ज्यान गुमाएका छन् । तर सरकारले ल्याएको बजेट भने आउँदो आर्थिक वर्षका लागि हो ।

Advertisement

तपाईको प्रतिक्रिया