गण्डकी विश्वविद्यालयमा टिचिङ हस्पिटल बनाइने (लाइभ)

समाधान संवाददाता २०७८ असार १ गते १६:३३

समाधान संवाददाता, पोखरा ।

गण्डकी प्रदेश सरकारले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

आर्थिक वर्ष२०७८÷७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोषण कार्यक्रमलाई निरन्तरता दिइएको बताएका छन् । बालबालिका, गर्भवती र अपाङ्गका लागि पोषण पु¥याउन कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।

Advertisement

संघ सरकराको सहयोगमा सबै जिल्ला अस्पताललाई २५ देखि ५० शैय्या र धौलागिरि अस्पताललाई स्तरोन्नती गरिने उनले बताए । सबै जिल्ला अस्पतालमा २ देखि ५ शैय्याको सघन उपचार कक्ष स्थापना हुने पोखरेलले बताए ।

सबै जिल्ला अस्पतालमा आँखा, डायलाइसिस र ज्येष्ठ नागरिक वार्ड बनाउन बजेट विनियोजन भएको छ ।

Advertisement

नवलपुरको मध्यविन्दू अस्पताल, तनहुँको दमौली अस्पताल, बागलुङको धौलागिरि अस्पताल, पर्वतको भिरकोट अस्पताललाई ट्रमा सेन्टरको रुपमा स्तरोन्नती गरिने बताए । गोरखाको आँपपिपल अस्पताललाई ५० शैय्याको बनाइने बताए ।

गण्डकी विश्वविद्यालयमा ३५० शैय्याको जनरल, ५० शैय्याको मुटु रोग, ५० शैय्याको अर्बुद र ५० शैय्याको मिगौला रोगको उपचार हुने शिक्षण अस्पतालको निर्माणका लागि बजेट विनियोजन भएको छ ।

बजेट प्रत्यक्ष प्रसाररण सुन्न यहाँ क्लिक गर्नुहाेस ।

तपाईको प्रतिक्रिया