गण्डकीमा खारेज भएन सांसद विकास कोष

समाधान संवाददाता २०७८ असार १ गते १६:५२

समाधान संवाददाता, पोखरा

निकै आलोचित सांसद विकास कोष संघ सरकारले यसपालिको बजेटबाट खारेज गरेको छ । प्रदेशमा पनि सांसदमार्फत हुने विकास कार्यक्रम खारेज हुने अपेक्षा थियो । तर मंगलबार सार्वजनिक बजेटले भने त्यस्तो कार्यक्रम निरन्तर हुने घोषणा गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो आव २०७८/७९ का लागि मंगलबार बजेट प्रस्तुत गर्दै निर्वाचन क्षेत्र विकास कार्यकमबारे सुनाए । उनले निर्वाचन क्षेत्र विकास कार्यक्रम परिमार्जनसहित लागु गर्न बजेटको व्यवस्था गरेको सुनाए ।

Advertisement

३६ वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा यसअघिको सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि २/२ करोडका दरले बजेट छुट्याएको थियो ।

पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलोपटक यस्तो कार्यक्रम राखेका थिएनन् । त्यसको प्रशंसा भएको थियो । तर उनले अर्को वर्षदेखि भने सांसदहरुमार्फत गरिने विकास कार्यक्रम ल्याएका थिए । त्यसका लागि सांसदहरुले निकै दबाब दिएका थिए ।

Advertisement

कोभिड महामारीलाई ख्याल गर्दै सांसद विकास कोष भनेर चिनिने उक्त कार्यक्रम खारेज हुने अपेक्षा थियो ।

तपाईको प्रतिक्रिया