कृषिमा जोड दिँदै अन्नपूर्ण गापा

समाधान संवाददाता २०७८ असार २ गते ७:४२

पोखरा, १ असार

अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारमा प्राथमिकता दिँदै आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरले सोमबार १० औं गाउँसभाबीच ३२ पृष्ठ लामो नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

Advertisement

गाउँपालिकाले कोरोना महामारीबीच ३४ क्वारेन्टिन व्यवस्था गरेको, विपन्न जनतालाई खाद्यसामग्री बाँडेको, कोदो खरिद गरी खाद्य बैंक रुपमा सञ्चित गरी राखेको र कोभिड संक्रमणबीच सेवाप्रवाह तथा विकास निर्माणलाई निरन्तरता दिन सफल भएको दाबी गर्र्दै चालू आवको मुख्य उपलब्धि समेत मानेको छ ।

अध्यक्ष कुँवरले ‘कृषि क्षेत्रको अभिवृद्घिः अन्नपूर्ण गाउँपालिकाको समृद्घि’ नारा आगामी वर्ष घनिभूत रुपमा अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख रहेको बताए। एक घर, एक बहुपोषणयुक्त करेसाबारी, वडा लक्षित फलफूल र नगदेबाली पकेट क्षेत्र घोषण, जमिन चक्लाबन्दी लगायतलाई अगाडि सारिने भएको छ ।

Advertisement

गाउँपालिकाले ढिकुरपोखरी र नयाँपुल क्षेत्रमा कृषि उपज संकलन केन्द्र स्थापना, कोदो महोत्सवलाई निरन्तरता र खाना नफालौं कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने भएको छ ।

त्यस्तै एक कृषक, एक दुहुनो गाई÷भैंसी, भोटे प्रजातिको कुकुरको संरक्षण, माछाका भुरा वितरण र पोखरी निर्माणमा जोड र पशुमा पूर्ण खोपयुक्त गाउँपालिकाको सोच आगामी वर्ष अगाडि सार्ने भएको छ ।

उद्योग तथा वाणिज्य क्षेत्रतर्फ गाउँपालिकास्थित साना तथा ठूला जलविद्युत् आयोजनामा एक घर, एक सेयर सदस्यको अवधारणा अगाडि बढाउने, आरनको आधुनिकीकरण र पञ्चेबाजा खरिदमा अनुदान दिने, हस्तकलाका सामग्री र परम्परागत खाद्य पदार्थलाई अन्नपूर्ण ब्रान्ड रुपमा स्थापित गर्ने, पालिकास्तरको उद्योग वाणिज्य संघ गठन र एक घर एक तालिमलाई अनिवार्य गरिने जनाए ।

अन्नपूर्णले पर्यटकीय गन्तव्यको प्रवद्र्घन गर्न गुरुयोजना निर्माण गर्ने, घान्द्रुक र नागडाँडा भ्यू टावरमा फोटोसुट केन्द्र स्थापना गर्ने, अन्नपूर्ण ग्रेटर पर्यटन पदमार्ग निर्माण, पोखरादेखि पञ्चासेसम्म साइकलमार्गको निर्माण, तमु भाषाको पाठ्यक्रम बनाउने, फल्लापानी, पाउँदुरकोट र घान्द्रुकस्थित देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि सम्भाव्यता अध्ययन गर्ने लगायत योजना आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।

आगामी वर्ष पूर्वाधार विकासतर्फ एक गाउँ एक सडक निर्माण, सडकको श्रेणी निर्धारण, सडक मर्मत सम्भार कोष स्थापना, विभिन्न पदमार्गको स्तरोन्नति, झोलुङे पुल निर्माण, एकीकृत वस्ती विकास योजना, भवन आचारसंहिताको पूर्ण परिपालना लगायतलाई गाडी बढाइने भएको छ ।

शिक्षकलाई सम्मान गरौं बालबालिकालाई माया गरौं, बालबालिकालाई विद्यालय ल्याऔं, पढाइमा टिकाउ र दिगो सिकाऔं, जहाँ विद्यार्थी त्यहाँ विद्यालय, म मेरो स्वास्थ्य र मेरो जिम्मेवारी, एक वडा एक खेलमैदान, अन्नपूर्ण समृद्घिका लागि नियमित तिरौं कर तिरेको कर विकासमार्फत फर्कन्छ घरघर लगायत नारालाई अगाडि सारिएको छ ।

गाउँपालिका उपाध्यक्ष सगुन गुरुङले चालु आव वर्षमा कोभिड महामारीमा बचेर भए पनि विकास निर्माण कार्यमा तीव्रता दिन गाउँपालिका सफल भएको दाबी गरिन् ।

त्यस अवसरमा गाउँपालिका वडा ३ का अध्यक्ष चन्द्रबहादुर गुरुङ, ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, वडा सदस्य कमला केसी, इन्द्रप्रसाद सुवेदी (गणेश), मुक्तिराम अधिकारी लगायतले प्रस्तुत नीति तथा कार्यक्रममा सुझाव राखेका थिए ।

तपाईको प्रतिक्रिया