आज ४ प्रदेशमा भारी वर्षा

समाधान संवाददाता २०७८ असार २ गते ८:१५

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।

मनसुनी वायुकै प्रभावले आज देशका चार वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

आज दिउँसो र राति कर्णाली प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा भने ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘धेरै भारी’ वर्षा भन्नाले १०० मिलिमिटरदेखि २०० मिलिमिटर सम्मको वर्षालाई भनिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया