मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिने

समाधान संवाददाता २०७८ असार २ गते ११:२७

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत लिने तयारी थालेका छन् ।

सम्भव भएसम्म ४ असारमा उनले विश्वासको मत लिने भएका छन् । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र थप मन्त्री परिषद् विस्तार गर्ने भएका छन् ।

Advertisement

विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया