सुपर मादी हाइड्रोमा बाढीले गर्यो १ अर्ब बढीको क्षति

समाधान संवाददाता २०७८ असार २ गते ११:५९

समाधान संवाददाता, पोखरा ।

कास्की मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी हाइड्रोमा बाढीले १ अर्ब बढीको क्षति गरेको छ । लगातारको वर्षापछि मादी नदिमा आएको बाढीले १ अर्ब बढीको क्षति गरेको हाइड्रोका अध्यक्ष पुष्पज्योती ढुंगाानाले बताए ।

लगातारको पानी र बाढीले हाइड्रोमा इलेक्ट्रिक मेकानिकलको मात्रै ३० करोड बढीको क्षति गरेको छ । ढुंगाानाका अनुसार क्षति अझै बढ्न सक्ने अनुमान छ ।

Advertisement

४ वटा इस्काभेटर, ४ वटा टिपर, २ वटा ट्रान्जिट मिक्सर, ६ कम्प्रेसर, ४५० टन बढी डन्डी, १० हजार बोरा सिमेन्ट, ३ क्रसर, पावर हाउसको स्ट्रक्चरमा क्षति पुगेको ढुंगाना बताउँछन् । ‘अहिलेसम्म १ अर्ब बढीको क्षति गरिसकेको छ, बाढीले अझै कति क्षति गर्छ थाहा छैन,’ उनले भने ।

हाइड्रोमा ७ सय बढी कार्यरत थिए । अहिले सबै कर्मचारी भने सुरक्षीत रहेको ढुंगानाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया