मनाङेको अभिव्यक्तिप्रति एमालेले माग्यो सरकारको धारणा

समाधान संवाददाता २०७८ असार २ गते २०:२३

समाधान संवाददाता, पोखरा

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले दिएको अभिव्यक्तिप्रति सरकारको धारणा माग गरेको छ । बुधबार बसेको एमाले संसदीय दल गण्डकीको बैठकले मन्त्री मनाङेको अभिव्यक्तिप्रति सरकारको धारणा माग गरेको हो ।

मन्त्री नियुक्त भएपछि मनाङले प्रधानमन्त्री केपी ओली, गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य पूर्वमन्त्रीहरुलाई लक्षित गर्दै अपाच्य सार्वजनिक अभिव्यक्ति दिएका थिए । मन्त्रीको मर्यादा विपरीत गएर मनाङेले प्रधानमन्त्री, निवर्तमान मुख्यमन्त्रीमाथि सार्वजनिक रुपमा दिन नमिल्ने अभिव्यक्ति दिएका थिए ।

Advertisement

यस्तै एमाले संसदीय दलले पोखरेल सरकारले ल्याएको बजेटलाई राजनीतिक भाषणमात्र भएको बताएको छ । बजेटका नाममा सरकारले राजनीतिक भाषण गरेको र रातो पुस्तक प्रकाशन नहुँदासम्म सैद्धान्तिक छलफल प्रारम्भ हुन नसक्ने संसदीय दलको ठहर छ ।

‘मुख्यमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट वक्तव्य होइन, राजनीतिक भाषण हो, रातो पुस्तक प्रकाशन बिना छलफल हुन नसक्ने निश्कर्ष निकालेको छ,’ संसदीय दलको निर्णयमा भनिएको छ । अहिलेको बजेट विधि विधान विपरित संसदमा प्रस्तुत भएको एमालेले बताएको छ ।

Advertisement

प्रदेशमा मनसुनका कारण प्रभाव परेको ठाउँमा सरकारले शीघ्रातीशीघ्र प्रकोप प्रतिकार्यमा लाग्नुपर्ने आह्वान पनि संसदीय दलले गरेको छ ।

तपाईको प्रतिक्रिया