उद्धारमा जुट्न भट्टराईको अपिल

समाधान संवाददाता २०७८ असार ३ गते ८:४६

पोखरा,२ असार

विघटित प्रतिनिधि सभाका निबर्तमान सांसद विद्या भट्टराई अधिकारिले वर्षायाम सुरूआत भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायत प्राकृतिक प्रकोपले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उद्धार र राहतका कार्यमा जुट्न सम्पूर्णमा अनुरोध गरेकी छन ।

भट्टराईले बुधबार सामाजिक संजालमा एक सार्वजनिक अपिल जारी गर्दै सो आग्रह गरेकी हुन् । उनले अपिलमा ‘वर्षा याम सुरु भएपछि धेरै बस्तीहरू जोखिममा पर्छन् ।

Advertisement

अहिले सुरूकै अवस्थामा वर्षाले मनाङ र सिन्धुपाल्चोक,कास्की र स्याङ्जामा अधिकतम असर पुगेको भन्दै पीडितको उद्धार र राहतका काममा राज्यका सम्पूर्ण संयन्त्रको प्रभावकारी परिचालनमा जुट्न तिनै तहका सरकारलाई आग्रह गर्दै सचेततापूर्वक सहयोगमा जुट्न आम नागरिकलाई आग्रहसमेत गरेकी छन् ।

उनले विपदमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ‘क्षति हुन नदिनका लागि सम्बन्धित निकायले समयमा नै अनुगमन र उद्धारकार्यमा जुट्नुपर्ने भएको छ,’ उनले उल्लेख गरेकी छन् ।

Advertisement

जोखिममा परेका क्षेत्रहरूको दिगो संरक्षणका लागी समेत थप योजना बनाई कार्यान्वयनमा जानुपर्ने आवश्यकता देखिएको भन्दै उनले वातावरण मैत्री विकासको अवधारणा सबैतिर कडाइका साथ लागु गर्नुपर्ने उल्लेख गरेकी छन् ।

तपाईको प्रतिक्रिया