पूर्व सांसद पोल्देन छोपाङको पहलमा मनाङमा उद्धार र राहत

समाधान संवाददाता २०७८ असार ३ गते १३:१९

समाधान संवाददाता, पोखरा

विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा मनाङमा उद्धार गरिएको छ । बाढी पहिरोले विस्थापित भएर बसेका तालगाउँका बासिन्दालाई धारापानी उद्धार गरी धारापानी लगिएको छोपाङले बताएका छन् ।

आज बिहानै छोपाङ हेलिकप्टर लिएर मनाङ पुगेका थिए । यस्तै चामेमा खानेपानीको अभाव भएपछि पूर्व सांसद गुरुङले निजी खर्चमा हेलिकोप्टर मार्फत पानी लगेका थिए । साथै फु गाउँमा समेत एकजना वेपत्ता भएको भनिएपछि त्यहाँको अवस्था पनि बुझेर उनी फर्किएका छन् ।

Advertisement

मनाङ सेवा समिति, मनाङ मर्स्याङ्दी क्लब लगायतको सहयोगमा छोपाङले सहयोग गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया