पहारीले दिए अक्सिजन कन्सन्ट्रेटर
समाधान संवाददाता
२०७८ असार ४ गते ८:५९
पोखरा, ३ असार (समाधान)– गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले कास्कीको अन्नपूर्ण गाउँपालिका ५ को झोवाङको स्वास्थ चौकीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।
जोय फाउन्डेसनको सहयोगमा १ लाख ५० हजार लागतमा१ थान कन्सन्ट्रेटर प्रदान गरिएको पहारीको सचिवालयले जानकारी दिएको छ। पहारीले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक पार्टी, जनप्रतिनिधि, समाजका विभिन्न तह र तप्कामा आवद्ध नागरिक लाग्नु जरुरी भएको बताए ।
नेकपा एमाले अन्नपूर्ण गाउँपालिका सचिव विवेक देवकोटा, नेता विष्णु केसी लगाउतले कन्सन्ट्रेटर ग्रहण गरे । उनीहरुले तत्काल कन्सन्ट्रेटर स्वास्थ्य चौकीमा लैजाने प्रतिवद्धता गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया