सिक्लेस हाइड्रो बन्द

समाधान संवाददाता २०७८ असार ४ गते ९:०३

समाधान संवाददाता, पोखरा

अविरल वर्षाका कारण मादी नदीमा आएको बाढीले सिक्लेसहाइड्रो प्रालिले सञ्चालन गरेको मदक्यु खोला जलविद्युत आयोजनामा क्षति भएको छ । बाढीले ३० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको आयोजनाले जनाएको छ ।

कास्कीको मादी गाउँपालिका १ स्थित मदक्यु खोलामा रहेको १३ मेगावाट क्षमताको सो आयोजनामा १ असारमा बाढीले १४ किलोमिटर ट्रान्समिसन लाइन लगायतका अन्य संरचनामा क्षति गरेको छ । बाढीपछि विद्युत उत्पादन बन्द भएको छ ।

Advertisement

बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा ठूलो क्षति पुगेको सञ्चालक किरण केसीले जानकारी दिए । आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत प्रशारण लाइन लगायतमा क्षति भएको उनको भनाइ छ ।

आयोजनाको पावर हाउसमाथिबाट अझैपनि पहिरो खसिरहेकाले पावर उच्च जोखिममा रहेको उनले बताए ।सञ्चालक केसीले भने, ‘आयोजनामाबाढीले व्यापक क्षति गर्दा वर्षाको समयमा पुनः सञ्चालनमा ल्याउन थप चुनौती थपिएको छ । आयोजनालाई पहिलाकै अवस्थामा ल्याउनका लागि १ वर्ष लाग्न सक्छ ।’

Advertisement

आयोजनासम्म जाने सडक ठाउँ ठाउँमा बाढीले बगाएपछि सामान ढुवानी गर्नसमेत कठिन हुने देखिएको छ । २०७४ चैतबाट केन्द्रीय प्रशारण लाइनमा जोडिएको आयोजनामा बाढीले क्षति गर्दामादी गाउँपालिका वडा १ सिक्लेसका बासिन्दा अध्यारोमा बस्न बाध्य छन् । सिक्लेसमा केन्द्रीय प्रशारण लाइन पुगेको छैन ।

बाढीले अरु ३ आयोजनामा समेत क्षति पु¥याएको छ । स्थानीयकुलबहादुर गुरुङले यति धेरै पानी र बाढी आएको आफूलाई थाहा नभएको सुनाए । उनले भने, ‘बाढीले सिक्लेस हाइड्रो पावर त बगायो बगायो, हामीलाई कहिलेसम्म अन्धकारमा राख्ने हो थाहा भएन ।’ आयोजना बन्द हुँदा दैनिक साढे १२ लाख घाटा हुने आयोजनाले जनाएको छ ।

तपाईको प्रतिक्रिया