नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु

समाधान संवाददाता २०७८ असार ४ गते ९:०५

समाधान संवाददाता, पोखरा

अमेरिकाको म्यारिल्यान्ड राज्यमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२१ सुरु भएको छ । २० तारिखसम्म अनलाइन माध्यमबाट महोत्सव चल्नेछ ।

महोत्सवमा नेपाल, अमेरिका लगायत विश्वका १४ देशका ३० वटा चलचित्र प्रदर्शन हुने छन् । महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत निशुल्क हेर्न सकिन्छ ।

Advertisement

प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिएको छ । प्रतिष्पर्धाका लागि छानिएका उत्कृष्ट चलचित्रलाई पुरस्कृत पनि गरिनेछ । चलचित्र महोत्सव २०२१ का लागि ६ जना महिलाको निर्णायक मण्डलले उत्कृष्ट चलचित्रहरुको पुरस्कार घोषणा गर्नेछ ।

नेपालबाट रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमानते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब जुरी छन् । महोत्सवमा आवेदन परेका चलचित्रलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो ।

Advertisement

कोरोना संक्रमणका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो ।

तपाईको प्रतिक्रिया