विश्वासको मत लिँदै मुख्यमन्त्री पोखरेल

समाधान संवाददाता २०७८ असार ४ गते १२:२५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन् । उक्त प्रस्तावपछि उनले आफूलाई विश्वासको मत दिन सांसदहरुलाई अनुरोध गरे ।


२९ जेठमा पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए । नेपालको संविधान धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुुक्त पोखरेलले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।

Advertisement


प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङले २७ वैशाखमा मागेको विश्वासको मत पाउन असफल भएपछि पोखरेल २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए ।


६० सदस्यीय गण्डकी प्रदेश सभामा अहिले पोखरेल सरकारलाई ३१ सांसदको समर्थन छ । नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । सभामुखले मत हाल्न पाउँदैनन् । उता प्रमुख प्रतिपक्षी दल एमालेसँग आफ्नो पार्टीको मात्रै २७ सांसद छन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद पनि उनकै पार्टीले कारबाही गरेपछि गुमेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया