सांसद दवाडीको प्रश्न: कांग्रेस माओवादीको दुश्मन शक्ति हैन ?

समाधान संवाददाता २०७८ असार ४ गते १३:३७

समाधान संवाददाता, पोखरा


गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभामा विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफलसमेत भएको छ । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद धनञ्जय दवाडीले निम्नानुसारको भनाइ राखेः

सत्तारुढ गठबन्धन अप्राकृतिक हो । माओवादी र कांग्रेसले एकअर्कालाई दस्तावेजका हिसाबले मित्रशक्ति मान्दैन । माओवादीले दस्तावेजका हिसाबले कांग्रेसलाई प्रमुख दुश्मन किटान गर्छ । तपाईंहरुले त्यसले कसरी स्वीकार गर्न सक्नुहुन्छ ? यो गठबन्धनमा संघीयतालाई खारेज गर्नुपर्छ भन्ने पनि छन् । अनि यो गठबन्धन अप्राकृतिक, अराजक, सत्ताका लागि मात्रै नभए केका लागि हुन्छ ? दलहरुलाई जनताप्रति जवाफदेही बनाउनुपर्छ भन्ने निर्णयमा किन विरोध गरिरहनुहुन्छ ? बिपी कोइरालाले दुईतिहाइको सरकार चलाइरहँदा किन सुवर्ण शमशेरलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर लाग्नुभयो ? मनमोहन अधिकारीको सरकारलाई अपदस्त पार्न किन लाग्नुभयो त्यति बेला ? गिरिजाप्रसाद कोइरालाको सरकारलाई हटाएर नयाँ प्रधानमन्त्री बनाउनुपर्छ भनेर लाग्नुभएको होइन ? सरकारका मन्त्रीहरुको लोकतन्त्रको न्यूनतम पनि सम्मान व्यक्त गर्न नसक्ने अभिव्यक्ति आइरहेका छन् ।

Advertisement


संसदमा हामी रहन्छौं, रहन्नौं, महत्वपूर्ण कुरा प्रणाली हो । संसद भत्ता खान, लोगोका लागि मात्र होइन, मुलुकको जटिल समस्या समाधानका लागि हो । अबको ५० वर्षपछि मूल्यांकन हुँदा साँच्चै लोकतन्त्रका लागि त्यतिबेलाको सरकार अपदस्त गरेको भन्ने पुष्टि होला ? सत्ताका लागि जे पनि ठीक भन्ने सन्देश बोक्नु भएको छ, यसले पद्धतिलाई वर्षौंसम्म प्रभाव पार्नेछ । आफ्ना निमित्त बनाउनु भएको गठबन्धनमा विचार, विधि, व्यवहारकै समस्याको जगमा बसेर उभिनु भएको सरकार धेरै लामो समय मैले कामना गरे पनि रहन सक्दैन ।

Advertisement

तपाईको प्रतिक्रिया