मुस्ताङको तिरी गाउँमा बाढी पस्यो , ढुम्बाको ७ घरमा क्षति

समाधान संवाददाता २०७८ असार ४ गते १७:१२

सुन्दरकुमार थकाली \जोमसोम—

अविरल वर्षाले हिमाली जिल्ला मुस्ताङको जनजिवन प्रभावित बनेको छ । मुस्ताङमा शनिवार देखि परेको निरन्तरको वर्षा अझै रोकिएको छैन ।
अविरल वर्षाका कारण आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र —४ को तिरी गाउँ जोखिममा परेको छ । बिहिबार राति तिरी गाउभित्रै ठाडो खोलाको बाढी पसेपछि स्थानीय त्रसित बनेका छन् ।

बस्ती भित्रै बाढी पसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।जिल्ला प्रहरी कार्यालयको समन्वयमा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले गाउँभित्र पसेको बाढी पन्छ्याउने काम गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार वर्षासंगै आएको बाढीले केही घरधुरी जलमग्न भएका छन् ।

Advertisement

सोमबार मुस्ताङको सोही गाउँपालिकाको वडा नं. १ मा पर्ने लुप्रा खोलामा बाढी आउँदा त्यहाँ रहेको १५ घरधुरी जोखिम परेको थियो । बर्सेनि नदी कटानले जोखिमको सामना गर्दै आईरहेको लुप्रा बस्तीमा खेतीयोग्य जमिनहरु नदी कटानले क्षति पु¥याउने गरेको छ । उत्तर÷पूर्वबाट बहने ठाँडो लुप्रा खोला सोमबार दिउँसो थुनिएपछि आएको बाढीले लुप्रा गाउँ जोखिम परेको थियो । बाढीका कारण लुप्रामा ३ घरधुरीलाई नजिकैको छिमेकीको घरमा स्थान्तरण गरिएको छ ।अहिले लुप्रा खोलाको बहाव घटेकाले तत्कालको संकट टरेको प्रहरीको भनाई छ ।

यस्तै ,अविरल वर्षाका कारण मुस्ताङको घरपझोङ—५ ढुम्बा गाउँमा स्थानीय थाक्पा छेङजुङको ढुङ्गा र माटोले बनेको २ तले घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । उनका अनुसार निरन्तरको वर्षाले त्यहाँ रहेका अन्य थप ७ घरमा क्षति पुगेको छ ।

Advertisement

प्रहरीले त्यहाँ जोखिममा परेका घरहरुलाई ढुम्बा समाजघरमा स्थान्तरण गरेको बताएको छ । यस्तै, अविरल वर्षासंगै आएको ठिनी खोलाको बाढीले जोमसोम बजारमा सप्लाई गरिएको खानेपानीको संरचनामा क्षति पुगेको स्थानीय भिषण थकालीले जानकारी दिए । उनका अनुसार बाढीले क्षति पु¥याएको संरचनालाई खानेपानी उपभोत्ता समितिले मर्मत गरेपछि खानेपानी सेवा संञ्चालनमा आएको छ ।
निरन्तरको वर्षाले कालिगण्डकी नदीको बाहव उच्च हुदाँ मुस्ताङको घरपझोङ—३ स्याङ गाउँको स्याउबारी र तल्लो स्याङ बस्ती जोखिममा परेको छ । कालिगण्डकीले बस्ती र स्याउबारीक्षेत्रमा कटान गर्नथालेपछि शुक्रबार बिहान जोमसोमबाट गएको सुरक्षाकर्मी लगायतको टोलीले खोलो तर्काउने र ग्याबिन लगाएर कालिगण्डकी तर्काउने काम गरेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

मुस्ताङको घरपझोङ—२ मार्फा खोलामा आईतबार देखि सुरु भएको निरन्तरको बाढी अझै रोकिएको छैन । बाढीले खेतीयोग्य जमिनमा कटान गर्ने देखिएपनि स्थानीयले डोजर लगाएर खोला तर्काउने काम गरेका छन् । थासाङ—२ सौरुमा पनि ठाँडो खोला बढेपछि स्थानीय बस्ती र खेतीयोग्य जमिन जोगाउन खोला तर्काउने काम गरेको स्थानीय सोजन हिराचनले जानकारी दिए ।
वर्षाले मार्फा खोलाको बाढी नरोकिएपछि बेनी—जोमसोम जोड्ने सडकमा सवारी वारपार गर्ने अवस्था छैन । लामो समयसम्म बाढी नरोकिएपछि पैदलयात्री र सवारी साधन आउजाउमा समस्या परेको गाउँकार्यपालिका सदस्य राजु लालचनले जानकारी दिए । उनका अनुसार अविरलको वर्षाले बाढी नरोकिएपछि पालिका आफैले ट्याक्टरको बन्दोबस्त गरी पैदलयात्रीलाई खोला क्रस गराउने काम सुरु गरेको छ ।

अविरल वर्षाले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिकाको विभिन्न वडाबाट बग्ने शाखा नदीको बाहव उच्च बनेको छ । मंगलबार बाढीले क्षति पु¥याएको थासाङको कैकु खोला र मिसी खोलाको मुख्य सडक कालिगण्डकी करिडोरको शर्मा गजुरमुखी जेभीले डोजर लगाएर संञ्चालनमा ल्याएको छ । तर, बेनी जोमसोम सडकको काभ्रेभीर र म्याग्दीको रुप्से र तातोपानीमा सडक डाईभर्सन बगाएपछि सडक अवरुद्ध बन्दै आईरहेको छ ।

बाढी—पहिरोले क्षति पु¥याएको सडक सफा गर्न वर्षा नरोकिएकाले सडक संञ्चालन गर्न असहज भएको थासाङ —४ का वडाध्यक्ष विशााल शेरचनले जानकारी दिए ।
जलवायु परिवर्तनका कारण परेको अविरल वर्षाले मुस्ताङका परम्परागत माटोका घरहरु जोखिममा पर्न थालेका छन् । ढुङ्गा र माटोले बनेको र छतमाथि सख्खर माटो बिच्छ्याईएका परम्परागत घरहरु भत्किने र पानी चुहिन गरेको छ ।

“ मुस्ताङमा केहीवर्ष अघिबाट असमान प्रकारको मौसम सुरु हुन थालेको छ , हिमपात पर्ने समयमा हिउँ नपर्ने र बर्खायाममा अत्यधिक वर्षा हुन थालेको छ ,“टुकुचेका स्थानीय सपुत थकालीले भने,“ यो वर्ष जस्तो अविरल वर्षा कहिल्यै भएको थिएन ,यसपटक त अतिनै वर्षा भयो ।’
जलवायु परिवर्तनले मुस्ताङमा केही वर्षयता असमान प्रकार हिमपात र वर्षा हुने गर्दा यहाँका परम्परागत घरहरु जोखिममा पर्न थालेको छ भने वर्षाले कृषि र पर्यटनमा प्रतिकुल असर पू¥याएकोे उनले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया