१८४ संक्रमित, ११ को मृत्यु

समाधान संवाददाता २०७८ असार ४ गते १८:३२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशभर थप १८४ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार ११२४ जनाको परीक्षण गर्दा थप १८४ जनामा कोरोना देखिएको हो ।

सबैभन्दा बढी कास्कीमा ८१ जना संक्रमित छन् । तनहुँमा २८, नवलपुर २७, पर्वतमा २६, लमजुङमा १, बागलुङमा १८, स्याङ्जामा २, म्याग्दीमा १ जना संक्रमित थपिएका छन् ।

Advertisement

गण्डकीमा कोरोना संक्रमितको संख्या ५१९५२ पुगेको छ । तीमध्ये ४६५१ जना सक्रिय संक्रमित छन् ।

आजमात्रै गण्डकीमा ११ संक्रमितको मृत्यु भएको छ । कास्कीका ४, म्याग्दीका ३, पर्वत, लमजुङ, तनहुँ, नवलपुरका १÷१ संक्रमितले ज्यान गुमाएका छन् । प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया