लेखनाथ खानेपानी संस्थाको वार्षिकोत्सव

समाधान संवाददाता २०७८ असार ५ गते ७:१०

समाधान संवाददाता, लेखनाथ

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्राकृतिक स्रोत र साधन राज्यको भएकाले यसको संरक्षण र संवद्र्धन गर्नु अनिवार्य भएको बताएका छन् ।

लेखनाथ खानेपानी उपभोक्ता संस्थाको शुक्रबार आयोजित २० औं वार्षिकोत्सवमा प्रमुख जिसीले प्राकृतिको स्रोत र सधान मानिस बाच्नका लागि भएकाले यी प्राकृतिक वस्तुको संरक्षण गरी उपभोग गर्नु बुद्धिमानी हुने बताए ।

Advertisement

विकासका नाममा हुने विनासकारी कामले जनजीवनप्रभावित पारेको तर्क गर्दै उनले विकासका पूर्वाधारहरु निर्माण गर्दा सबै सरोकारवालाबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले करिब साढे १४ हजार उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराइएको जानकारी दिए । संस्थाले २ पानीका मुहान, ७बोरिङ र २ समवयलमार्फत पानी वितरण गरिरहेको छ ।

Advertisement

संघीय खानेपानी आयोजनाका प्रतिनिधि सागर बस्यालले लेखनाथ खानेपानी उपभोक्ता संस्थाले वितरित पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको भएको बताए ।

कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष बोधराज लामिछाने,पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा नं ३० का वडाध्यक्ष श्रीराम पोखरेल, संस्थाका सचिव मुरारी शर्मा, कोषाध्यक्ष नारायणी भट्टराई लगायतले बोलेका थिए । कार्यक्रममा प्लम्बर शुभराज अधिकारी र स्टोरकिपर सूर्यप्रसाद पौडेल सम्मानित भएका छन् ।

तपाईको प्रतिक्रिया