क्यान्सर पीडितलाई सहयोग

समाधान संवाददाता २०७८ असार ५ गते ७:१५

पोखरा, ४ असार (समाधान)–नेपाल अर्बुद रोग निबरण संस्था कास्की शाखाले २ क्यान्सर पीडितलाई सहयोग गरेको छ ।

विश्व धूमपानरहित दिवस मे ३१ को अवसरमा अति विपन्न परिवारका ५६ वर्षका पुरुष र ६७ वर्षकी महिलालाई सहयोग गरिएको हो । कार्यसमिति, सल्लाहकार तथा संस्थाको तर्फबाट५० हजार सहयोग गरिएको छ ।

संस्थाका सभापति प्रेमबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार डा. कालु शर्मा सुवेदी, रामचन्द्र थापा, नारायण पराजुली, शान्तकुमार श्रेष्ठ, तीर्थबहादुर बस्नेत र मुना बास्तोला लगायतले बोलेको सचिव डिल्लीप्रसाद शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया