पश्चिमाञ्चल अस्पताललाई स्कटल्यान्डबाट सहयोग

पोखरा, ४ असार (समाधान)
कोभिड १९ राहत सहयोग समिति स्कटल्यान्डले पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार ५ अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएका २० अक्सिजन कन्सन्ट्रेटरमध्ये ५ यो अस्पताललाई हस्तान्तरण गरिएको हो ।
जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक प्राडा भरतबहादुर खत्रीलाई हस्तान्तरण गरिएको हो । प्राडा खत्रीले स्कटल्यान्डका नेपाली संघ, संस्था तथा व्यक्तिले गरेको सहयोगप्रति अस्पताल आभारी भएको बताए । सहयोग प्राप्त कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा ठूलो मद्दत पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा कोभिड १९ राहत सहयोग समिति स्कटल्यान्डका प्रतिनिधि प्रकाश अर्याल, रामजी बराल, विष्णु बराल लगायतले बोलेका थिए । कोभिड १९ राहत सहयोग समितिमा गैरआवासीय नेपाली संघ स्कटल्यान्ड, नेपाल स्कटल्यान्ड एसोसिएसन, ग्लास्गो नेपाली एसोसिएसन, स्कट स्पोर्टस् क्लब, दियो क्लब, नेपाल स्कटिस सोसाइटी, हिमालयन आर्टस् एन्ड कल्चरल सेन्टर, फाइफ नेप्लिज नेपाली एसोसिएसन, नेपाली साउथ साइड कम्युनिटी ग्लास्गो, फोर्थ भ्याली नेपाली एसोसिएसन, जिएस आर्टस् कल्चर, हरियाली आमा समूह, अर्गनाइजेसन फर नेप्लिज कल्चर एन्ड वेलफेयर र नेप्लिज हिमालयन एसोसिएसन स्कटल्यान्ड संलग्न छन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया