माझठानाका पूर्व प्रधानपञ्च भुर्तेलको निधन

समाधान संवाददाता २०७८ असार ५ गते १९:५७

समाधान संवाददाता, पोखरा


तत्कालीन माझठाना गाउँ पञ्चायतका पूर्व प्रधानपञ्च तथा समाजसेवी प्रजापति भुर्तेलको निधन भएको छ । ४ दिनअघि मनिपाल अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा उक्त अस्पतालमा शुक्रबार निधन भएको हो । उनी ८१ वर्षका थिए ।


हाल पोखरा महानगरपालिका वडा नम्बर २८ स्याङ्खुदी निवासी भुर्तेलको सेतीनदीको रामघाटमा अन्तिम संस्कार गरिएको छ । विक्रम संवत १९९८ कात्तिक ४ गते भुर्तेल गाउँमा जन्मिएका उनी गाउँ पञ्चायतको प्रधानपञ्चका अलावा रत्नशोभा मावि विद्यालय व्यवस्थापन समिति र भुर्तेल प्राविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भएका थिए ।

Advertisement

शिशुवा—स्याङ्खुदी मोटर बाटो निर्माण समिति अध्यक्ष र भुर्तेल बन्धु समाज नेपालका कास्की अध्यक्ष समेत भएका उनी भुर्तेल कुल मन्दिर निर्माण उपसमिति संयोजक पनि थिए । नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका उनी समाजसेवामा उत्तिकै सक्रिय थिए । उनका २ श्रीमती, ६ छोरी र ३ छोरा छन् ।

Advertisement

तपाईको प्रतिक्रिया