बङ्लादी मोटर बाटो निर्माण पूरा

समाधान संवाददाता २०७८ असार ६ गते १२:१४

समाधान संवाददाता, पोखरा


पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड बङ्लादीमा २०७७ साल फागुनदेखि निर्माण शुरू भएको ३१२ मीटर लम्बाइको चिसाखोला मार्ग मोटर बाटो पूरा भएको छ । ४ चरणमा निर्माण गरी २०७८ असार ५ गते बाटो निर्माण पूरा भएको हो ।


पर्याप्त र पक्की साइजको भूमिगत नालासहितको यो बाटो निर्माण गर्न पूर्वमन्त्री तथा कास्की क्षेत्र नं ३ का केन्द्रीय सांसद जगतबहादुर विश्वकर्माद्वारा सांसद विकास कोषबाट अनुदान २५ लाख रुपैयाँ प्रदान भएको थियो । पोखरा महानगरबाट अनुदान १८ लाख र स्थानीय जनसहभागिताद्वारा २४ लाख गरी जम्मा ६७ लाखको लागतमा उक्त मोटर बाटो निर्माण सम्पन्न भएको मोटरबाटो निर्माण उपभोक्ता समितिले जानकारी गराएको छ ।

Advertisement


बङ्लादी बस्तीको ठीक बीच भागमा निर्मित यो मोटरबाटो दक्षिणमा लेकसाइड मार्गसँग जोडिई उत्तरमा सिम्पानी जंगलमा टुङ्गिएको छ । बङ्लादीको शाखा बाटोमध्ये सबैभन्दा फराकिलो बाटो भएकाले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सबै बङ्लादीबासी बाटोबाट लाभान्वित हुने उपभोक्ता समितिको भनाइ छ ।


यो मार्गको उत्तर–पूर्व पट्टि बनेको अस्थायी कैलाशधाम मार्गको स्तरोन्नति हुनासाथ यहाँबाट सुन्दर फेवातालको मन लोभ्याउने अलौकिक दृष्य पनि अवलोकन गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष शिवलाल धितालले जनाए ।

Advertisement


असार ५ गते पोखरा मनपा वडा नं ६ का अध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य हरिकृष्ण पहारी, सब इन्जिनियर दर्पण पोखरेल, बङ्लादी टोल विकास अध्यक्ष हरिप्रसाद भण्डारी तथा उपभोक्ता समिति सहितको अनुगमन टोलीले निर्मित ३१२ मीटर बाटोको अवलोकन निरीक्षण गरी गुणस्तरीय पक्की मोटर बाटो निर्माण सम्पन्न भएको हो ।

अन्तत मोटरबाटो बनाउन सहयोग गर्ने पूर्व मन्त्री जगत विक, पोखरा महानगरपालिका र बङ्लादीवासीलाई उपभोक्ता समितिको तर्फबाट अध्यक्ष धितालले धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया