पत्रकार हुँ भन्दै इन्धन ठगी गर्ने पक्राउ

समाधान संवाददाता २०७८ असार ७ गते ९:२७

मोरङ । नक्कली पत्रकार र वन कर्मचारीको आवरणमा ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरको छ ।

प्रहरीका अनुसार ठगी आरोपमा पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा घर भएका पुष्पप्रसाद सिग्देल र सुनसरीको इटहरी घर भएका दधिराम चौहान छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० बाट ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरुले आफूलाई ‘वन कार्यालयको कर्मचारी’ र ‘पत्रकार हुँ’ भनेर डर देखाएर रतुवामाई–१० मा रहेको माइवेनी काठ मिलमा इन्धन तथा नगद मागेर ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अहिले उनीहरुलाई ठगी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया