दृष्टिविहीन र अपांगलाई सहयोग

समाधान संवाददाता २०७८ असार ७ गते १०:०८

पोखरा, ६ असार (समाधान)

एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवं अपांगता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।

बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवं ३५ औं एसओएस दिवसका अवसरमा उनीहरूले ५ दृष्टिविहीन र ११ शारीरिक अपांगता भएका परिवारलाई २५ हजार बराबरको राहत सामग्री वितरण गरे ।

Advertisement

एसओएस बालग्राममा कार्यरत २४ आमाले सामूहिक रूपमा संकलित रकमबाट चामल, दाल, तेल, नून, चिउरा, बेसार, मास्कलगायतका सामग्री खरीद गरी अपांगता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी बाँस्तोलाले जानकारी दिए ।

निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकै बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उनको भनाइ छ । बालग्रामका १५ घरमा १ सय ५३ बालबालिका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया