कोरोनाको नयाँ प्रजाती नेपालमा भेटियो

समाधान संवाददाता २०७८ असार ७ गते १३:५७

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको छ ।

गत वैशाख २७ देखि जेठ २० सम्म देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भारत पठाइएका नमूनामध्ये गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्टको, एउटा नमूनामा अल्फा भेरियन्ट मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ ।

डेल्टा भेरीयन्ट पुष्टी भएका ४७ नमूनामध्ये ९ वटामा थप उत्परिवर्तन एन म्युटेसन भेटिएको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया