२७७ संक्रमित, ६ को मृत्यु

समाधान संवाददाता २०७८ असार ७ गते १७:२५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १११७ जनाको परीक्षणमा २७७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।

थपिनेमा सबैभन्दा बढी कास्कीका १३५ जना छन् । स्याङ्जाका ३४, नवलपुरका ३०, तनहुँका २४, गोरखाका १८ जनामा संक्रमण देखिएको छ । लमजुङमा १७, पर्वतमा ८, बागलुङमा ७ र म्याग्दीमा ४ जनामा संक्रमण पुष्टि भएको निर्देशनलायले जनाएको छ ।

Advertisement

प्रदेशभर संक्रमितको संख्या ५२ हजार ६९१ पुगेको छ । तीमध्ये ३३६७ सक्रिय संक्रमित छन् ।

गण्डकीमा सोमबार ६ संक्रमितको निधन भएको छ । कास्कीका ३, म्याग्दी, लमजुङ र स्याङ्जाका १÷१ संक्रमितको निधन भएको हो । गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९५ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया