इतिहासमा झलझली सम्झिनेछौं, केटाकेटी जस्तो चकलेट दिएर फकाउन खोजेः आचार्य

समाधान संवाददाता, पोखरा
दलहरुले आआफ्नो अडान नछाड्दा ४ दलीय गठबन्धनमा चरम किचलो देखिएको छ । सोमबार बेलुका साढे २ घन्टा बसेको बैठकमा पनि कुनै निष्कर्ष ननिस्किेको मन्त्री हरिशरण आचार्यले बताए ।
कांग्रेस, माओवादीले सहमतिविपरीत चल्न खाजेकोले अहिलेको समस्या आएको र आफूहरु ‘ललिपप’मा नफस्ने आचार्य बताउँछन् । बैठकमा जनता समाजवादीको तर्फबाट आचार्यसहित प्रदेश अध्ययक्ष र इन्चार्ज पनि सहभागी थिए ।
‘साढे २ घन्टाको बैठकले निष्कर्ष दिन सकेन, लिखित सहमति गरेपछि मान्नुपर्छ, फकाएर, ललिपप दिएर मान्ने केटाकेटी होइनौं,’ आचार्यले भने ।
कांग्रेस, माओवादीले अहिले आफूहरुलाई सानो पार्टी भनेर हेपेको आचार्यको भनाइ छ ।
सदनमा कांग्रेसको १५, माओवादीका १२ र जसपाका २ सांसद छन् । कांग्रेस, माओवादीले अहिले पेलेर जाने नियत देखाएको आचार्यले बताए ।
‘हामीमाथि राजनीतिक बेइमानी हुन लागेको छ, तर कांग्रेसले यस्तो गर्ने अवसर पटकपटक पाउँदैन, इतिहासमा झलझली याद रहनेछ, भविष्यमा देखाउँछौं,’ आचार्यले भने ।
तपाईको प्रतिक्रिया